राष्ट्रिय जनजागृति क्लब ट्राईबेकरमा विजयी - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

राष्ट्रिय जनजागृति क्लब ट्राईबेकरमा विजयी



ओम प्रकाश बानियाँ

न्यु स्टार फुटबल क्लबको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरोल गोल्डकप सुरु भएको छ।

न्यु स्टार फुटबल क्लबका अध्यक्ष भेष राज कार्कीको सभापतित्व र प्रदेश न:१ का माननीय सासद भीम आचार्यको प्रमुख आतिथ्य तथा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको विशिष्ट आतिथ्यमा खेलको उद्घाटन गरिएको हो।

उद्घाटन खेल बराह ट्रेनिङ सेन्टर बराहक्षेत्र र रास्टीय जन जागृति क्लब इटहरी बिच भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलको निर्धारत समयमा दुवै टिमबाट गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकर बाट गरिएको थियो। ट्राइब्रेकरमा राष्ट्रिय जागृती क्लब इटहरी ५-४ गोल अन्तर्गतले विजय भएको छ ।

खेलको म्यान अफ द म्याच बराह ट्रेनिङ सेन्टरका जर्सी न:३ का रबिन खड्का भएका छन्। उनले प्रदेश न:१ कि सासद उमिता बराइलिको हातबाट नगद पाँच हजार प्राप्त गरे ।

भोलि गत वर्षको विजेता आयोजक न्यु स्टार फुटबल क्लब र उपबिजेता रेड हर्ष क्लब इलाम बिछ हुने आयोजकले जनायो ।