भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिँदै रमेश खरेल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिँदै रमेश खरेल



काठमाडौं – पूर्व डीआईजी रमेश खरेल भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिने भएका छन् । उनले नयाँ अभियानको सुरुआत गर्ने घोषणा समेत गरेका छन् ।

की समय अगाडी नयाँ अभियान सुरू गर्ने चर्चा गरिएका खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’को थालनी गर्ने भएका हुन् ।

बुधबार खरेलले आफ्नो फेसबुकमार्फत बिहीबार अक्त अभियानको सुरुवात गरिने जानकारी दिएका छन् ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर अभियानको घोषणा गर्न लागिएको बताइएको छ ।

बिहीबार दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने उल्लेख छ ।

यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुनुअघि नै त्यसबाट खरेलसहित केही व्यक्ति बाहिरिएको थिए ।

नेपालका लागि नेपाली अभियानबाट हटाइएका शाहीलाई अभियानमा राखिएपछिउनीहरु बाहिरिएको थिए ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएकोप्रति असन्तुष्टि खरेलले पदबाट राजीनामा दिएका थिए।