ओली समुहका जिल्ला अध्यक्षले लिए राजनीतिबाटै सन्यास - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओली समुहका जिल्ला अध्यक्षले लिए राजनीतिबाटै सन्यास



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आएको संकटका कारण नेकपाकै कार्यकर्ता र नेताहरू नेतृत्वप्रति व्यापक असन्तुष्ट बनेका छन् । यस्तैमा नेकपा फुट दुःखद् भएको भन्दै प्रधानमन्त्री ओली पक्षका जिल्ला अध्यक्षले राजनीतिबाटै सन्यास लिएका छन्।

आइतबार प्रधानमन्त्री ओलीनिकट मानिने धादिङ नेकपा अध्यक्ष नेत्र पौडेलले जीवनको पिडादायी निर्णय भन्दै राजनीतिबाट सन्यास लिएर सामाजिक कार्यमा लाग्ने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पार्टीलाई घर र कार्यकर्तालाई मजदूर बिम्बका रुपमा प्रस्तुत गर्दै उनले लामो समय लगाएर एउटा सुन्दर घर बनाएको र कोठमा कुरा नमिलेका कारण नयाँ घर बनाउन खोजेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

उनले पार्टी विभाजनपछि नयाँ पार्टी बनाउने होड चलेको भन्दै नयाँ पार्टीमा लाग्न आफ्नो मन नमानेको बताएका छन्। उनले मन नै नमानेपछि तनमात्र लिएर हिँड्नु मन हुनेका लागि पनि घातक हुने बताएका छन्।

उनले नयाँ पार्टी निर्माणको जिम्मा युवाको काँधमा छाडेको बताएका छन्। साथी भाइलाई नाइ भन्न नसक्ने आफ्नो बानीका कारण केही समय सम्पर्क बाहिर हुने भन्दै उनले आफूलाई सम्झाउने कुरामा समय बर्बाद नगर्न समेत आग्रह गरेका छन्।

‘नयाँ घर बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे’, फेसबुकमा अध्यक्ष पौडेलले लेखेका छन्, ‘आफ्ना सहयात्रीहरूसँग नाई/हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुनेछु। यस विषयमा सम्झाउने क़ुरा गरेर समयको बर्बादी नगरी आ–आफ्नो योजनामा लाग्नु होला।

उनले आफ्नो राजनीतिक सहयात्राको दौरान सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले लेखेका छन्

जीवनको पिड़ादायी निर्णय :
सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवान हरू बर्षौ देखी अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढूँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए ।

सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामान बाट एउटै घर बनाए कम्पाउंड वाल सहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।

सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोचे जस्तै कंपाउंड वाल सहितको घर निर्माण भयो । सबै अगुवा हरूले आ-आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने बीबाद शुरू भयोसबै आ-आफ़्ना अडानमा डग्मगाएनन । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेरदै घर गर्लम्म ढल्यो ।

अब फेरी नया अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान क़सक़सले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड़ शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन ।

घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ ।

नया घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दई यो अभियान बाट अलग रहने निर्णय गरे । आफ़्ना सहयात्रीहरू संग नाई /हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला ।
राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ ।यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।……,..