रहेनन् साहित्यकार इन्द्रबहादुर राई - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रहेनन् साहित्यकार इन्द्रबहादुर राई



काठमाडौं- साहित्यकार तथा आयामेली अभियन्ता इन्द्रबहादुर राईको निधन भएको छ।

नेपाली मूलका दार्जिलिङ निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो। पछिल्ला वर्षहरुमा स्वास्थ्य समस्या खेपिरहेका राई उपचारका लागि गत वर्ष काठमाडौं समेत आएका थिए।

वि.सं. २०२० को दशकमा वैरागी काइँला र ईश्वरवल्लभसँग मिलेर ‘तेस्रो आयाम’ साहित्यिक अभियान चलाएका राई नेपाली साहित्यमा लीला लेखनका प्रणेता समेत हुन्।

आख्यानका साथै समालोचना विधामा समेत कलम चलाउने राई ‘आज रमिता छ’ उपन्यास, ‘विपना कतिपय’, ‘कथास्था’, ‘कठपुतलीको मन’ कथासंग्रह, ‘लेखहरु र झ्याल’ निबन्धसंग्रह तथा समालोचनातर्फ ‘अर्थहरूको पछिल्तिर’, ‘नेपाली उपन्यासका आधारहरू’, ‘लीला प्रस्तावना’ लगायतका कृति प्रकाशित छन्।

‘नेपाली उपन्यासका आधारहरू’ पुस्तकका लागि उनले भारतमा सन् १९७५ को साहित्य अकादमी पुरस्कार पाएका थिए।

राई वि.सं. १९८४ माघ १७ गते दार्जिलिङको खर्साङमा जन्मिएका थिए।