कतारमा प्रदेश न. ३ समन्वय तदर्थ समिति गठन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

कतारमा प्रदेश न. ३ समन्वय तदर्थ समिति गठन



ओम प्रकाश बानियाँ

नयाँ नेपालको संरचना अनुरूप प्रदेश न. ३ अन्तर्गत रहेका १३ जिल्लाका जिल्ला संस्थाहरूको प्रतिनिधिहरू मिलेर सामाजिक कार्यमा नयाँ आयाम तथा प्रभावकारी समन्वय गर्नका निमित्त कतारमा कार्यरत नेपालीहरूले प्रदेश न. ३ समन्वय तदर्थ समिति कतार गठन गरेका छन् । उक्त तदर्थ समितिले आगामी ४ मे २०१८ शुक्रवारका दिन आफ्नो प्रथम साधारण सभा आयोजना गर्ने बताएको छ ।

नन्द प्रसाद ढुंगाना को संयोजकत्वमा प्रदेश न. ३ अन्तर्गत पर्ने १३ जिल्लाका जिल्ला संस्था का प्रतिनिधिहरू पदेन सदस्य रहने गरी १५ सदस्यीय तदर्थ समिति निर्माण भएको छ साथै ११ सदस्यीय सल्लाहकार समिति पनि निर्माण भएको संयोजक नन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

तदर्थ समितिको संयोजकमा नन्द प्रसाद ढुंगाना, पदेन सदस्यहरूमा प्रकाश अर्याल, दिपेन्द्र घले, सन्तोष के. सी, नारायण बिस्ट, शेखर क्षेत्री, ललित कुमार तामाङ, सोम सुनुवार, बिमल घले, त्यस्तै सदस्य सचिवमा प्रकाश बोहोरा निर्वाचित भएका छन् ।

त्यस्तै सल्लाहकार समितिहरूमा कमल घिमिरे, सागर नेपाल, टि. बि. कार्की, समीर खत्री, नारायण भण्डारी समाजसेवी, हरि कृष्ण रिमाल, सूर्य भण्डारी, प्रवीण गुरुङ, राजेन्द्र कुमार शर्मा, राज रेग्मी, रमेश भट्ट रहेका छन् ।