पूर्वराजा ज्ञानेन्द्र शाह यही २२ गते भारत भ्रमणमा जाने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र शाह यही २२ गते भारत भ्रमणमा जाने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही २२ गते सोमबार धार्मिक कार्यक्रममा भाग भारत भ्रमणमा जाने भएका छन् । पूर्वराजाको निजी सचिवालयले भारत भ्रमण र कार्यक्रमबारे जानकारी गराएको हो ।

भारतको उडिशा राज्यमा रहेको गोवद्र्धन मठ पुरीपीठमा हुने १४५औँ श्रीमज्जगद्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीको पट्टाभिषेक पञ्चविंशतिवर्षपूर्ति महोत्सवमा सहभागी हुन पूर्वराजा त्यसतर्फ जान लागेका हुन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले गत पुस २४ गते भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए ।

व्यक्तिगत भ्रमणका लागि भन्दै लखनउ गएका पुर्वराजाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए । भेटका अवसरमा मुख्यमन्त्री योगी आदित्यनाथले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

गएको पुस १३ गते नेपालगन्ज आउएका पूर्वराजा ज्ञानेन्द्रले बर्दिया, कैलाली र दाङका धार्मिक स्थलको दर्शन तथा विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।