पुर्व कम्लहरी थारु ५ नम्बर प्रदेशको उपसभामुख निर्वाचित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पुर्व कम्लहरी थारु ५ नम्बर प्रदेशको उपसभामुख निर्वाचित



आचार्य प्रदीप/बुटवल ।

प्रदेश नम्बर ५ को उपसभामुख निर्वाचनमा संघीय समाजवादी फोरमले बामगठबन्धनको उम्मेद्वारको पक्षमा मतदान गरेको छ । दुई जनाको उम्मेदवारी परेपछि भएको मत विभाजनमा फोरम बाम गठबन्धनको पक्षमा देखिएको हो ।

फोरमका ५ जना सदस्यले एमालेको तर्फको उपसभामुख पदकी उम्मेद्वार कृष्णी चौधरीको पक्षमा मत दिएका हुन । उपसभामुख निर्वाचनमा संसदमा मतविभाजन भएको छ । कांग्रेसको पक्षकी उम्मेद्वार रिना नेपाल विश्वकर्माको पक्षमा १९ मत मात्रै खसेको छ । बाम गठबन्धनकी उम्मेदवार थारुको पक्षमा ६६ सांसदले मत जाहेर गरेका छन् । जनमोर्चाले पनि बाम गठबन्धनकी उम्मेद्वारको पक्षमा मत हालेको छ । उसको १ सदस्य छन् । बहुमत पाएपछि थारु उपसभामुख निर्वाचित भएकी छन् ।

संसदको बैठकले कार्यव्यवस्था परामर्श समिति समेत मनोनयन गरेको छ । त्यस्तै बैठक शुरु हुनासाथ पहिलो पटक अध्यक्षता गरेका सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको पत्र पढेर सुनाएका थिए ।संसद बैठक साझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।