पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त



काठमाडौँ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पद तथा गोपानियताको सपथ भने भोलिमात्रै हुनेछ ।

उनी लम्जुङ ख बाट २३ हजार ८८ मत ल्याएर प्रदेशसभामा निर्वाचित सांसद् हुन् । पार्टी संगठन विभाग प्रमुखसमेत रहेका गुरूङ आइतबार प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद् छन् । गुरूङ माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२ सांसद् छन् ।