प्रेम सञ्जेललाई महिला कर्मचारीले कार्यालयमै कुटे - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रेम सञ्जेललाई महिला कर्मचारीले कार्यालयमै कुटे



काठमाडौं- विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई सोही कार्यालयमा काम गर्ने महिला कर्मचारीले कार्यकक्षमै कुटेका छन् ।

महिला कर्मचारीले कोठामा चुकुल थुनेर उनीमाथि हातपात गरेका थिए । चुकुल खाेलेर भागेका सञ्जेलले आफुमाथि हातपात भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले ड्युटि खटाउने सवालमा विवाद भई हातपात भएको प्रारम्भीक जानकारी आएको बताए ।

हातपात गर्ने कर्मचारी र सञ्जेललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल भइरहेको खड्काले जानकारी दिए