प्रजातन्त्र दिवसको अवसरमा लक्ष्मीनगरमा नि:शुल्क स्वाथ्य परिक्षण सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रजातन्त्र दिवसको अवसरमा लक्ष्मीनगरमा नि:शुल्क स्वाथ्य परिक्षण सम्पन्न



राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सिए नेपाल विद्यार्थी सङ्घ भारत र नेपाल तरुण दल उत्तर भारत क्षेत्रको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  ।

भारतको राजधानी दिल्लीस्थित लक्ष्मीनगरको इन्स्टीच्युट अफ राइजिङ स्टारको हलमा बिहान १०  बजेदेखि दिउँसो २  बजेसम्म गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब १  सय ५०  जनाले निःशुल्क स्वास्थ्य सेवाको लाभ लिएका छन्।

समारोहको उद्घाटन समारोहमा नेपाली काँग्रेसका नेता प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए  । स्वास्थ्य शिविरमा ह्मदयरोग विशेषज्ञ र फिजिसियनसँग निःशुल्क परामर्श लिनुका साथै , सन्तुलित भोजन परामर्श, रक्तचाप, मधुमेहको परीक्षण लगायतको सेवा लिएका थिए  ।

कार्यक्रम फर्शु भण्डारीद्वारा योगा सेसन गरी सुरुवात गरिएको थियो ।

सिए नेपाल विद्यार्थी सङ्घका सभापति गिरु न्यौपानेले अध्यक्षता गरेको कार्यक्रममा नेपाल तरुण दल उत्तर भारत समितिका अध्यक्ष एलपी पाण्डेले स्वागत मन्तव्य राखेका थिए  । कार्यक्रमको सञ्चालन भने सिए नेपाल विद्यार्थी सङ्घ भारतका सल्लाहकार फर्सुराम भण्डारीले गरेका थिए  ।