समायोजनका कारण प्रहरीमा मनोवैज्ञानिक त्रास - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

समायोजनका कारण प्रहरीमा मनोवैज्ञानिक त्रास



काठमाडौं- प्रहरी समायोजनको बिषयले यतिबेला प्रहरीमा त्रास उत्पन्न भएको छ ।

विशेषगरी तल्लो दर्जाका प्रहरीमा जुन प्रदेशमा समायोजन भयो त्यसबाहेक अन्यत्र जान नपाउने भएकाले मनोवैज्ञानिक त्रास देखिएको छ।

सरकारले अहिले प्रहरी समायोजन ऐन २०७६ अनुसार काम गरिरहेको बताइएको छ ।

ऐन पारित भइसकेपछि गृहमन्त्रालयले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाइसकेको हो ।

समायोजनमा कुन प्रदेशमा जानुपर्ने हो भन्ने त्रास प्रहरीमा याप्त छ । सेना र सशस्त्र प्रहरीका बाहिनी र गण प्रदेशमा भए पनि ती केन्द्रबाटै संचालित हुनेछन् । नेपाल प्रहरीमा मात्र समायोजन हुनेछ ।

समायोजनले तल्लो दर्जाका प्रहरीमा जुन प्रदेशमा समायोजन भयो, त्यसबाहेक अन्यत्र जान नपाउने भएकाले पनि थप अन्योल बढाएको छ ।

को कहाँ समायोजन हुने हो भन्ने अन्यौलका कारण प्रहरीका इकाईहरुमा काम गर्ने वातावरण समेत नभएको बताइएको छ ।

समायोजनमा कर्णाली प्रदेशमा पर्ने सधैं पहाडी जिल्लामा र २ नम्बरमा पर्ने सधैं तराईका भन्सार नाकाहरुमा पर्ने र अतिरिक्त कमाइ गर्न पाउने भए भन्ने कुराले पनि उत्तिकै निराशा बढाएको छ ।