प्रधानमन्त्री ओली भन्छन अब कोही नेपाली भोकै मर्नु पर्दैन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रधानमन्त्री ओली भन्छन अब कोही नेपाली भोकै मर्नु पर्दैन



काठमाडौं । ‘अब कोही नेपाली भोकै नमर्ने’ यो भनाई प्रधानमन्त्री केपी शर्मा ओलीको हो ।

शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै शुक्रबार ओलीले ‘‘अब कोही पनि नेपाली भोकै मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ। केही वर्षभित्र नेपाल अल्पविकशित देशको सूचीबाट विकसित देशमा पुग्छ। ’’ भनेका हुन् ।

प्रधामन्त्री ओलीले विभिन्न कार्याक्रममा मन्तव्य राख्दै ओलीले आफू प्रधानमन्त्री रहुञ्जेल कोही नेपाली भोकै मर्नु नपर्ने आश्वासन सार्वजनिक रुपमै दिँदै आएका थिए।

प्रधानमन्त्रीका रुपमा ओलीले यो आश्वासन कम्तिमा चार पटक दिइसकेका छन् । अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्तिमा तीन पटक यस्तो आश्वासन दिएका थिए।