५ नम्बर प्रदेशको पहिलो बैठक ८ वटा निणर्य - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

५ नम्बर प्रदेशको पहिलो बैठक ८ वटा निणर्य



आचार्य प्रदीप
बुटवल।
आज गठन भएको ५ नम्बर प्रदेशको प्रदेश सरकारलेको पहिलो बैठकले ८ वटा निणर्य गरेको छ ।

बैठकपछि बुटवलमा आयोजित पत्रकार सम्मेलन मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश ५ को नक्सा नै नेपालको जस्तो भएको भन्दै नमुना डिजिटल प्रदेशको रुपमा विकास गर्ने उनले बताए । नवलपरासीदेखि रुकुमसम्मको भूगोल नै सम्भावनायुक्त भएको भन्दै उनले यसको उच्चतम प्रयोग गरिने बताए ।

त्यसअघि बसेको प्रदेश नम्बर ५ मा पहिलो मन्त्रीपरिषद्को बैठकले आठ वटा निर्णय गरेको जनाएको छ । प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण बनाएकोमा सबैलाई धन्यावाद दिएको छ केही सार्वजनिक लिखित सार्वजनिक प्रमाणिकरण सम्बन्धी नियमावली र प्रदेश सरकार कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली, प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोगको सम्बन्धमा व्यवस्था गर्ने बनेको आदेश जारी गर्ने निर्णय गररेको छ ।

बैठकले सरकारको प्रवक्तामा भौतिक पूर्वाधार निर्माण मन्त्री बैजनाथ चौधरीलाई तोकेको छ । पहिलो बैठकले मुख्यमन्त्री र मन्त्री शपथको समर्थन गरेको छ भने प्रदेश सरकारका निर्णय कार्यन्वयन गर्नका लागि निजामति कर्मचारीको प्रतिज्ञा पत्रको ढाचा निर्माण गरेको छ । मुख्य मन्त्री सहति तिनै जनाले आज सफत ग्रहण गरेका हुन् ।

दिउसो सफतग्रहण पछि ऐतिहासीक क्षेत्र बुटवलको जितगढीमा रहेमा रहेको सहिद स्मारका माल्यपर्ण गरेका थिए । यो क्षेत्रमा सरकारबाट पहिलो पटक माल्यापर्ण गरिरहको हो । बुटवलका अन्य ठाउँका सहिद पार्कमा माल्यपार्ण गरेपनि यहाँ पहिलो पटक गरिएको हो ।