प्रदेश ३ राजधानीको बिषयमा नेकपामा किचलो - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रदेश ३ राजधानीको बिषयमा नेकपामा किचलो



मकवानपुर- राजधानी र नामाकरणका विषयमा पार्टी सचिवालयले गरेको निर्ययअनुसार नै नेकपा प्रदेश ३ का सांसद अगाडी बढ्ने भएका छन्।

हेटौंडामा जारी नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले पार्टी सचिवालयको निर्णयप्रति आपत्ति जनाए पनि पार्टीको निर्देशनविरुद्ध नजानेबताएका ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो।

उक्त निर्णयसँगै विशेषगरी काभ्रे, भक्तपुर र रसुवाका सांसदहरुले आपत्ति जनाएका थिए।

शनिबार बसेको बैठकमा बोल्ने मकवानपुर, ललितपुर, सिन्धुली, चितवन र काठमाडौंका सांसदले पार्टी सचिवालयले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्नुपर्ने धारणा राखे।

‘सचिवालय बैठकको निर्णय र निर्देशन पालना नगर्नु भनेको पार्टी अध्यक्षद्वयको राजीनामा माग्‍नुसरह हो,’ सांसद प्रेमबहादुर पुलामीले भने ‘कम्युनिष्ट कार्यकर्ताले पार्टीको निर्णय र निर्देशन नमान्‍ने भन्‍ने कुरै हुँदैन,’ यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।