प्रदीप पाैडेलकाे सुझाव: विद्यालयलाई क्वारेन्टाइनमा बदलौं
काठमाडौं- कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक विद्यालयलाई क्वारेन्टाइनमा बदल्न आग्रह गरेका छन्।
उनले सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्नुपर्ने बताएका हुन् ।
कोरोना सङ्क्रमणको त्रास र जोखिम बढिरहेका बेला शुक्रबार ट्वीट गर्दै नेता पौडेलले विद्यालयलाई क्वारेन्टाइन बनाउनुपर्ने बताएका हुन् ।
‘६७४२ वडाहरूमा रहेका सार्वजनिक विद्यालयहरूलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने परिस्थिति छ । यसलाई व्यवस्थित गरी सरकारले आवश्यक निर्णय गरोस्’ पौडेलले भनेका छन् ।
नेता पौडेलले यसको आन्तरिक व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिनुपर्ने बताउँदै उनले स्वास्थ चौकिमै कोभिड–१९ परीक्षणका लागि नमुना संकलन गरिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।