भैसेपाटी गठबन्धनको ग्राण्डडिजाइन र प्रचण्ड बिरामी परेको हल्ला - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

भैसेपाटी गठबन्धनको ग्राण्डडिजाइन र प्रचण्ड बिरामी परेको हल्ला



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरामी परेको हल्ला निकै चल्यो ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनेबित्तिकै चलाइएको हल्ला कति सत्य हो त्यो उनले वा सचिवालयले जान्ने कुरा हो।

वामदेव काण्ड चर्किएकै बेला प्रधानमन्त्री ओलीले अस्पताल जाने निर्णय लिएपछि ओलीलाई गलाउने भैसेपाटी गठबन्धनको ग्राण्डडिजाइनमा ब्रेक लागेको थियो ।

बिरामी परेर घरमा आराम गरेको भनिएका प्रचण्ड बिबाहको कार्यक्रमकै लागि आइतबार चितवन पुगेका छन् ।

पार्टी र सरकारमा निकै ठुलो अन्तरसंघर्ष चलेकै बेला एउटा अध्यक्ष उपचार गराउने हठात् निर्णय लिएका थिए, भने अर्का अध्यक्ष प्रचण्ड बिरामी भएर घरमै आराम गरेका बताइएको थियो ।

तर, प्रचण्ड एकाएक बिरामी परेको हल्ला चल्नुको पछाडी केहि खास कारण रहेको नेकपाकै केहि नेताहरूले बताउने गरेका छन् ।

पार्टीमा देखिएको आन्तरिक द्वन्द्वले निकै चरम रुप लिएकै बेला प्रधानमन्त्री ओली एकाएक अस्पताल भर्ना हुने र उपचार गराउने निर्णय लिएपछि राजनीतिमा देखिएको ठुलो चर्चामा ब्रेक लागेको थियो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय सचिवालयले लिएपछि प्रधानमन्त्री ओली एकाएक पछाडी हट्दा नेकपामा निकै ठुलो सङ्कट देखिएको चर्चा समेत भयो ।

म्याराथन बैठक चलिरेकै समयमा प्रधानमन्त्री ओलीलेम्याद सकिएका रास्ट्रीय सभा सदस्य अर्थमन्त्री डा. युवराज खतिवडालाई अस्पताल जानुपहिले नै नियुक्त गरेका थिए ।

प्रचण्ड र उनको पछिल्लो गठबन्धनले भने युवराजलाई ब्याक गरेर गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय सचिवालयबाट नै अनुमोदन गराएका थिए ।

सचिवालयको निर्णयमा एकाएक ब्रेक लगाउँदै प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने बताएपछि पार्टीमै समस्या आउने भन्दै मध्यमार्गी बाटो निकालेर प्रचण्डले माधव नेपाललाई बालुवाटार पठाएका थिए ।

बिरामी परेर घरमै आराम गरिरहेको भनिएका प्रचण्ड हल्ला भएकै दिन प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए भने आइतबार बिहान भरतपुर पुगेका छन् । उनी वैवाहिक कार्यक्रममा भाग लिन चितवन पुगेको उनको सचिवालयले जनाएको छ ।

बिबाहमा पुगेको भनिएका प्रचण्डलाई भरतपुर विमानस्थलमा भने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्वागत गरेका थिए ।