प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना संक्रमित - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना संक्रमित



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ।

दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो।

त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।