के प्रचण्ड एमालेमा पोइल गएकै हुन् त ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

के प्रचण्ड एमालेमा पोइल गएकै हुन् त ?



काठमाडौं-

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धलाई सेलाएर जनताको बहुदलीय जनवाद अर्थात एमालेकरण हुने निर्णयमा पुगेकाले वैशाख ९ गते एमाले र माओवादी केन्द्र एकीकरणको साइत जुराइएको छ ।

एमालेको सिद्धान्त मान्ने भएपछि प्रचण्डसँग अब माओवादीको म सम्म पनि नरहने स्थिति आएको छ । त्यसैले त गोपाल किराँतीलगायतका नेताहरुले प्रचण्ड एमालेमा पोइल गएसम्म भन्ने आरोप लगाएका छन् ।

विश्लेषकहरु भन्छन्– आफ्नो व्यक्तिगत पदीय र सुरक्षाका लागि प्रचण्ड यतिसम्म झर्न सकेका हुन् भन्छन् । यतिका लागि यिनले १० वर्ष लामो जनयुद्ध गरेका रहेछन् र १७ हजारको हत्याको परिस्थिति जन्माएका रहेछन् ।

एकीकरण त गर्ने तर एमालेका नेताहरुले अहिलेकै हैसियत पाउने तर माओवादीका रामबहादुर थापा, नारायणकाजी, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेलहरुको एकीकरणपछिको पार्टीसंरचनामा पदीय हैसियत नरहने भएपछि माओवदीभित्र उत्पात हुनसक्ने आवाजहरु उठ्न थालेका छन् ।

वैशाख ९ गते एमाले र माओवादीले एकीकरणको घोषणा गर्दा ५ लाखको भीडले राजधानीलाई सूर्य चिन्ह अंकित झण्डा फहराएर राताम्मे पार्ने योजना बनाउन थालिएको छ । न्युज अभियानको सहयोग