नेताहरूलाई प्रचण्डको निर्देशन: टाढा कतै नजानु, जे पनि हुनसक्छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपामा यातिबेला हङ्गामा मच्चिएको छ । मन्त्रिपरिषद्को बैठकबाट दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि यस्तो अवस्था आएको हो ।
यस्तैमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरुलाई कतै टाढा नजान र राजधानी नछाड्न निर्देशन दिएका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरुले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।
प्रचण्डले अब जे पनि हुनसक्ने भन्दै यस विषयमा घनिभूत छलफल हुने भन्दै राजधानी नछाड्न नेताहरुलाई निर्देशन दिएको नेकपाकै एक नेताले बताएका छन् ।
अध्यादेश ल्याउने निर्णयपछी अध्यक्ष प्रचण्डकै पहलमा आकस्मिक सचिवालय बैठक बोलाइएको छ ।