ओलीको फोन आएपछि बालुवाटार हिँडे प्रचण्ड - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

ओलीको फोन आएपछि बालुवाटार हिँडे प्रचण्ड



काठमाडौं- लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएपछि प्रचण्डले ओलीलाई भेट्न जान लागेको बताएका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा प्रचण्डले आफूलाई ओलीले भेटवार्ताका लागि टेलिफोन गरेको बताएका हुन्।

कर्णाली प्रदेशमा तत्कालीन माओवादीका तर्फबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनु केहीसमयअघि प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष ‘प्रचण्ड’ लाई टेलिफोन गरेका हुन् ।

दुवै शीर्ष नेताबीच लामो समयपछि संवाद भएको हो।

प्रचण्डले आफू प्रधानमन्त्री ओलीलाई भेट्न जान लागेको पनि बताएका थिए।

ओलीको फोन आएपछि प्रचण्ड भाषण छोट्याएर कार्यक्रमस्थलबाट निस्किएका थिए।