राष्ट्रपतिलाई प्रचण्डले भने– एउटा गुटको नेताजस्तो नगर्नोस
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र ठुलो संकट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संसद बैठक स्थगित गरेपछि यसले थप शंकाको नजिर बनाएको छ ।
बिहिबार देखिएका घटनाक्रम सामान्य थिएनन । बिहान प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएर हतारमा संसद बैठक नै स्थगित गर्ने निर्णय गरे । युअस अगाडी अर्का अध्यक्ष प्रचण्डसंग भएको कुराकानीमा संसद बैठक स्थगित नगर्ने सहमति भएको समेत बताइएको छ ।
संसद स्थगित गर्ने प्रस्ताव राष्ट्रपति कार्यालयले तुरुन्तै सदर गरेको घटनाले नेताहरू झन् ससंकित बनेका छन् । मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । र, क्याबिनेट बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गर्नासाथ राष्ट्रपतिबाट त्यसलाई हतार–हतार सदर गरिएको थियो ।
बिहिबार बिहानका केहि दृश्यले सशंकित बनेका प्रचण्ड बालुवाटारबाट एकाएक शीतलनिवास हानीए । अब प्रधानमन्त्रीले त्यसैगरी पार्टी फुटाउने अध्यादेश ल्याउनासाथ राष्ट्रपतिबाट स्वीकृत हुने हो कि भन्ने लागेपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास गएको स्रोतको भनाइ छ ।
ओलीक पछिल्ला कदमले आक्रोशित बनेका प्रचण्डले राष्ट्रपतिलाई भेटेर पार्टी एकतालाई नै असर पर्नेखालको अध्यादेश आएमा तत्काल स्वीकृत नगर्न आग्रह गरेका थिए । त्यतिमात्र होइन प्रचण्डले राष्ट्रपतिलाई एउटा गुटको नेताजस्तो भएर काम नगर्न आग्रह गरेका थिए ।
करिव आधा घण्टा छलफल गरेका प्रचण्डले राष्ट्रपतिलाई अस्ति पनि हतार–हतार अध्यादेश जारी गरेर अप्ठ्यारो परेको भन्दै देखिने गरी कसैको पक्षधरता नलिने र तटस्थ भूमिकामा बस्न आग्रह गरेको बताइएको छ ।
केपी ओलीसँग स्पष्टिकरण मागिने
शीतलनिवासबाट फर्केका प्रचण्ड बालुवाटारमै भएको स्थायी कमिटि बैठकमा पुगेका थिए । बैठक प्रचण्ड पुगेपछि सुरू गरिएको थियो । प्रधानमन्त्री ओलीलाई औना आग्रह गरिएपनि उनि आउन अस्विकार गरेका थिए । बैठकमा प्रचण्डले केहीबेर ब्रिफिङ गरेको बताइएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई शुक्रबार स्पष्टिकरण सोधिने बताइएको थियो ।
अब भोलि प्रधानमन्त्री ओलीसँग पार्टीको अवज्ञा किन गरिएको, बैठकबाट किन भागेको र लुकिछिपी संसदको बैठक किन स्थगन गरेको भनेर जवाफ मागिने छ र पर्सि पुन बैठक बस्नेछ ।’
संसदको अपमान
प्रधानमन्त्री ओलीले विहीबार गरेको निर्णयले दिर्घकालिन असर गर्ने देखिएको छ । उनले गरेको निर्णयले पार्टीलाई मात्रै प्रहार भएको छैन, संसदीय मूल्य मान्यतामाथि पनि प्रहार गर्ने काम भएको एक नेताले बताए ।
संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई थाहै दिई संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन् । प्रधनमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको छ ।