प्रधानमन्त्री डिस्चार्ज हुनैलाग्दा राष्ट्रपतिसँग किन भेटे प्रचण्डले
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।
भेटका लागि प्रचण्ड बुधबार दिउँसो दुई बजे शितलनिवास पुगेका थिए ।
उनले शितल निवासमा करिब एक घण्टा राष्ट्रपतिसँग भेट गरेको शितलनिवास स्रोतले जानकारी दिएको छ ।
नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अस्पतालमा आराम गरिरहेको बेला राष्ट्रपतिसँग भेटमा प्रचण्डले विविध विषयमा कुरा गरेको बताइएको छ ।
भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, कोरोना संक्रमण, पार्टीभित्रको राजनीतिक खिचातानीबारे छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण गरेको ८ दिन पुगिसकेको छ ।
उनी डिस्चार्ज भएर बालुवाटार फर्कने तयारी गरिरहेको बेला प्रचण्डको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।