राज्य व्यवस्था समितिलाई ईश्वर पोखरेलले दिए चुनौती - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

राज्य व्यवस्था समितिलाई ईश्वर पोखरेलले दिए चुनौती



काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदको राज्य व्यवस्था समितिबाट आधिकारीक सुचना आफूलाई नआएको बताएका छन्।

पोखरेलले बैठकमा उपस्थिति हुनेबारे आफूलाई कुनै पत्र प्राप्त नभएको जिकिर गर्दै औपचारिक ढंगले चिठी दर्ता नभएको अवस्थामा बाटोमा हिंड्दा डाकेको भरमा आफू बैठकमा नजाने बताए ।

उनले भने, ‘हाजिर हो भन्ने ? समितिमा बितण्डा मच्चाइएको छ ।’ राज्य व्यवस्था समितिको कार्यशैलीप्रति पोखरेलले तिव्र असन्तुष्टि समेत पोखेका छन् ।

‘राज्य व्यवस्था समितिमा सेलिब्रिटी हुने तरिकाले काम भइरहेको छ,’ उपप्रधानमन्त्री पोखरेलले ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा भने, ‘औपचारिक ढंगले चिठी दर्ज भएको छैन । कस्ले कसलाई दिइयो ?’ प्रक्रिया अनुसार चलेर चिठी प्राप्त भएपछि समय मिलाएर जान सकिने समेत बताए ।

आफू आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा जहाँ जुनसुकै ठाउँमा प्रस्तुत हुन तयार भएको तर प्रक्रियासंगत तरिकाले हुनुपर्ने बताए ।

संसदको राज्य व्यवस्था समितिमा नेपाली सेनामा भ्रष्टाचार भएको भन्दै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित नभएको भन्दै गत हप्ता आवाज उठिरहँदा पछिल्लो भनाई आएको हो । पोखरेलले राज्य व्यवस्था समितिमा बितण्डा मच्चाइएको आरोप लगाए ।

राज्य व्यवस्था समितिप्रति आफ्नो विश्वास र सम्मान भएपनि समितिको कार्यशैलीप्रति आलोचना गर्दै भने, ‘उहाँहरु बैठक बस्नुहोस् नबस्नुहोस् मतलब छैन । हाजिर हो भन्ने होइन समय मिलाउनुपर्छ । समय अनुकूल मिलाएर बोल्छु । राज्य व्यवस्थामा एकपटक गएको छु । बाटोमा हिंड्दा कहिले भनेर हुँदैन ।’