पोखराका चित्रकार कृष्ण मर्सानीको क्रेज बढ्दै । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पोखराका चित्रकार कृष्ण मर्सानीको क्रेज बढ्दै ।



ओम प्रकाश बानियाँ /दोहा, कतार

पछिल्लो समय मोफसलमा चित्रकलाको क्रेज बढ्दै गएको छ । चित्रकारहरु मात्र बढेका छैनन्, चित्रलाई माया गर्नेको जमात पनि विस्तार बढ्दै गएको छन् । ठाउँठाउँमा चित्र बनाउने र प्रदर्शनी गर्ने क्रम बढेको छ । चितवन, नवलपरासी, पोखरा, धरान काठमाडौँमा चित्रकारको सङ्ख्या उल्लेख्य छ ।

‘यो क्षेत्रमा बिस्तारै चित्रकलामा आकर्षण बढ्दै गएको छ सरकारबाट भन्दा पनि निजी क्षेत्रबाट यसको प्रचारप्रसार राम्रो भएको छ । निजी विद्यालयमा त अहिले चित्रकला सम्बन्धी पढाई समेेत सुुरु गरिसकेका छन् । त्यसले पनि यस प्रतिको क्रेज बढ्दै गएको हो ।’

पोखराका कृष्ण मर्सानी पनि २ वर्ष देखि चित्र कोर्दै आउनु भएको छ । मर्सानीको प्रकृतिसँग सम्बन्धित चित्र, श्रमिक देखि नेता, कलाकार, साहित्यकार, समाजलाई केही योगदान दिएका ब्याक्तीका चित्रहरू कोर्न रुचाउँछन् । मर्सानी थप्छन् ‘एक घर एक चित्रको अवधारणा ल्याउन सके चित्रको महत्त्व बढ्ने थियो, चित्रकार पनि बाँच्न सक्थे,’ उनी भन्छन्, ‘यसका लागि सबैको साथ सहयोग आवश्यक छ ।’ अन्य कुराहरूमा धेरै रकम खर्च गरेकाे देखिन्छ, केही रकम हस्तलिखित चित्रकलाले भित्ता सजिएकाे महत्त्व अहिले मात्र हैन, जुगाैंसम्म शाेभा दिन्छ र इतिहास बन्छ ।

उनी भन्छन् पहिलाभन्दा केही हदसम्म चित्रको महत्त्व बाझ्नेहरू बढे पनि किनेर आफ्नो बनाउने मान्छे कम भएको बताउँछन् । ‘विदेशमा बस्ने नेपालीले चित्र मन पराउँछन्,’ उनी भन्छन्, ‘विदेशीले पनि मन पराउँछन् तर यतै बस्ने नेपालीको नजरमा कमै पर्छन् ।’

चित्रमा सर्जकको मिहिनेत धेरै पर्ने भए पनि यसको महत्त्व नबुझ्दा आफूलाई दु:ख लाग्ने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘चित्रकारिताले भनेजस्तो व्यावसायिक रूप लिन सकेको छैन । जसको चित्र बनाइन्छ, त्यसमा त्यसको सौन्दर्य लुकेको हुन्छ । अर्थपूर्ण रूपमा कोरिने चित्रले सबैको मन छुन्छ, ध्यान तान्छ ।’

अहिले नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधि सँग समन्वय गरेर नयाँ घर बनाउँदा अनिवार्य रूपमा एउटा चित्र राख्नुपर्ने व्यवस्था मिलाउन सकिए राम्रो हुने चित्र मन पराउने हरूको सुझाव छ ।

गण्डकी अञ्चलका पूर्व टेबल टेनिस खेलाडी समेत रहेका मर्सानी अहिले सामाजिक काममा सक्रिय हुनुका साथै कला क्षेत्रमा पनि सक्रिय छन् ।

पहिले दुई पटक एकल चित्रकला प्रदर्शनी गरी सकेका उनले अहिले फेसबुकमा प्रति दिन एकजनाकाे चित्र काेरेर राखेकाे ५९८ दिन भयाे ।