प्रधानमन्त्री ओलीको पेटमा राखिएको ‘स्टेन्ट’ के हो ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना भएका छन्।
आज बिहान प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन्। उनी पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
प्रधानमन्त्री ओली शुक्रबार डिस्चार्ज भएका थिए। उनको त्रिवि शिक्षण अस्पतालमै फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।
डिस्चार्ज भएकै दिन शुक्रबारदेखि नै प्रधानमन्त्री ओलीले पहिले जसरी नै खानपिन गरेका थिए भने भने शनिबारदेखि राजनीतिक भेटघाट सुरू गरेका थिए।
शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल तथा सचिवालयको टोलीसँग भेटघाट गरेका थिए।
प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन्। उनलाई केयर रुममा राखिएको छ।
उनले नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, महासचिव पौडेललगायतलाई केयर रुममै भेटघाट गरेका थिए। उनलाई भेट्दा मास्क लगाउन चिकित्सकले सल्लाह दिएका छन्।
के हो प्रधानमन्त्री ओलीको पेटमा राखिएको ‘स्टेन्ट’?
प्रधानमन्त्री ओली पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
पिसाव फेर्न गाह्रो नहोस भनेर राखिने आर्टिफिसियल पाइपलाई ‘स्टेन्ट’ भनिन्छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको पिसाव थैली र मृगौलाको बिचमा ‘स्टेन्ट’ राखिएको छ ।