प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयले गरेको निर्णय नमान्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले पार्टीका नेता माधव कुमार नेपाललाई निवासमै बोलाएर आफूले सचिवालयको निर्णय कार्यन्वयन गर्न नसक्ने बताएका हुन् ।

बुधबारको सचिवालय बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको केहि घन्टामै प्रधानमन्त्री ओलीले आफ्नै उपस्थितिमा भएको उक्त निर्णय मान्य नभएको भन्दै नेताहरूलाई बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन गर्न नसक्ने सन्देश सुनाएरै पठाएका छन् ।

यसअघि गौतमले राष्ट्रियसभामा सदनको सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधन गरे मात्र त्यहाँ जाने शर्त राख्दै आएका थिए । त्यही कारण अघिल्लो बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । आजको बैठकले कार्यदल समेत भङ्ग गरेको थियो ।

संविधान संशोधन तयारीको जनस्तर बाटै चर्को आलोचना भएपछि उपाध्यक्ष गौतम यस्तो अपरिपक्व शर्त छाड्न तयार भएका थिए ।

सचिवालयको निर्णयमा केही नभनेका प्रधानमन्त्री ओलीले ‘आफ्नोविरुद्ध भएको खेल भएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु’ भनेका थिए ।