प्रधानमन्त्री ओलीलाई सिङ्गापुर लैजाने हल्ला के हो ? - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

प्रधानमन्त्री ओलीलाई सिङ्गापुर लैजाने हल्ला के हो ?



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था जटिल भएकोले सिङ्गापुर लैजाने हल्ला चलेपछि तनाव उत्पन्न भएको छ ।

बुधबार केही अनलाइन सञ्चार माध्यमहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल भएको र उनलाई आकस्मिक रुपमा सिंगापुर लैजाने तयारी भइरहेको समाचार प्रकाशन गरेका थिए।

हल्ला र चर्चाका बीच प्रधानमन्त्री ओलीका सचिवालय सदयाहरूले भने यसको बचाउ गरेका छन् । उनीहरूले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली गत साता बुधबार काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक स्वास्थ्यलाभ गरी अहिले अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन्।

तर, तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गरेर निराधार हल्लाका पछि नलाग्न आग्रह गरेका छन्।

‘ Infodemic, अर्थात् सूचना संक्रमण, कोभिड १९ को सन्दर्भमा गलत प्रचार बढ़ेपछि विश्व स्वास्थ्य संगठनले गत हप्ता यो शब्द प्रयोग गरेको थियो। प्रधानमन्त्रीज्यूको स्वास्थ्यको सन्दर्भमा आज बिहानबाट शुरु गराईएको हल्ला पनि त्यस्तै ‘सूचना संक्रमण’ हो। स्पष्ट होऔँ’, रिमालले ट्विट गरेका छन् ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे फैलाइएको हल्ला शतप्रतिशत गलत भएको जानकारी दिएका छन्।

‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ’, उनले भनेका छन् ।