प्रधानमन्त्री ओलीलाई फेरी अस्पताल लगिँदै - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

प्रधानमन्त्री ओलीलाई फेरी अस्पताल लगिँदै



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार फेरी अस्पताल लगिने भएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री ओली आइतबार स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाँदै छन् ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किएका हुन् ।

उनी ‘फलोअप’ स्वास्थ्य परीक्षणका लागि आइतबार त्रिवि अस्पताल जाने तयारी भएको हो ।

प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित निगरानी गरिरहेका छन्।