पाटन अस्पतालमा पनि एक जनाको मृत्यु - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

पाटन अस्पतालमा पनि एक जनाको मृत्यु



काठमाडौं- पाटन अस्पतालमा पनि एक जनाको मृत्यु भएको छ ।

कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको हो।

उनको कोरोना परिक्षणको रिपोर्ट आइपुगेको छैन । ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएका थिए।

उनकाे आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ।

ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो। उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो।