पशुपति सम्पर्क मंचले आउदो ११ मार्चमा रक्तदान शिविर संचालन गर्ने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

पशुपति सम्पर्क मंचले आउदो ११ मार्चमा रक्तदान शिविर संचालन गर्ने



नयाँ दिल्ली 

भारको राजधानी दिल्लीमा रहेको प्रवासी नेपालीहरु संस्था श्री पशुपति सम्पर्क मंचले आउदो ११ मार्चमा रक्तदान शिविर संचालन गर्ने भएको छ ।

ईन्डियन रेडक्रस सोसाईटीको सहकार्यमा संचलान हुने उक्त रक्तदान  शिविरमा बिशाल भण्डाराको आयोजना पनि हुने संस्थाका अध्यक्ष रमेश शर्मा लम्सालले हिमाल पोस्टलाई जनाकारी दिनु भएको छ  ।

बिगतका दिनहरुमा पनि उक्त संस्थाले दिल्ली र दिल्ली आसपासमा बिभिन्न कार्यक्रमहरु  गर्दै आएको छ ।सेवा नै धर्म  हो भन्दै दृष्टि बिहिन बिद्यार्थीलाई कपि कलम देखि बिभिन्न खाद्यान्न  सामाग्री पनि उपलब्ध गराउदै आएको छ ।

“सो दिन दिएको रगत यदि कसैलाई चाहिएको खण्डमा ईन्डियन रेडक्रस सोसाइटी एवं पशुपति सम्पर्क मंचको खातामा हुने हुदाँ  जुन कुनै समय पनि हाम्रो संस्थामा सम्पर्क गर्नु भो भने तपाईले निसुल्क लिन सक्नु  हुने छ” संस्थाका सस्थापक अध्यक्ष  तुलसी ढकाल बताउनुहुन्छ

उक्त कार्यक्रम गोविन्द पूरी मेट्रो नजिकै  कालकाजीको  गुरुद्वारा गाली नम्बर १  मा बिहान १०  बजेदेखि ४  बजेसम्म हुने छ ।सो कार्यक्रममा  दिल्ली र दिल्ली आसपासका उपस्थित हुन सम्पूर्णलाई आह्वान पनि गरिएको  छ ।