विरोध चर्किएपछि सरकारले दियो पूर्वराजालाई सवारी पास - Himal Post Himal Post
  • १२ माघ २०८१, शनिबार
  •      Sat Jan 25 2025
Logo

विरोध चर्किएपछि सरकारले दियो पूर्वराजालाई सवारी पास



काठमाडोँ – बिरोध चर्किएपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र परिवारलाई सवारी पास दिएको छ।

सामाजिक सञ्जाल र आम नागरिकवृत्तबाट चर्काे विरोध भएपछि गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको हो ।

बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।

बिहीबार अवेर राति नै फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको बुझिएको छ ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ रहन बाध्य रहेका थिए ।