चट्टयाङ्गसहित वर्षा हुने सम्भावना - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चट्टयाङ्गसहित वर्षा हुने सम्भावना



काठमाडौँ –जल तथा मौसम विज्ञान विभागले बुशाबार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेमहाशाखाले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको भएको छ भने बाँकी क्षेत्रमा बदली नरहेता पनि तुवाँलो लागेको छ।

राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।