पद्मा अर्याल चढेको विमान ठुलो दुर्घटना हुनबाट जोगियो
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमान ठुलो दुर्घटनाबाट बचाइएको छ ।
अर्याल सवार एकाएक समस्या आएपछि उडेको केहि मिनेटमै आपतकालीन अवतरण गरिएको जनाइएको छ ।
बिहिबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एअरलाइन्सको विमान आपतकालीन अवतरण गराइएको हो ।
विमानमा खराबी आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल कार्यालले जनाएको छ ।
बिहीबार बिहान साढे ९ बजे काठमाडौंबाट पोखरा जान उडेको विमानमा अचानक प्राविधिक गडबडी आएपछि १० मिनेटमै काठमाडौं फर्काएर अवतरण गराइएको थियो ।
विमानमा सवार सबै सकुशल रहेको यती एअरलाइन्सले जनाएको छ । अहिले विमानको प्राविधिक जाँच भइरहेको छ ।