अनलाइन कक्षा तत्काल बन्द गर्न विद्यालयहरूलाई निर्देशन - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

अनलाइन कक्षा तत्काल बन्द गर्न विद्यालयहरूलाई निर्देशन



काठमाडौँ – विधालयहरुलाई अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ।

पूर्वाधारबिनै अनलाइन कक्षाहरु सन्चालन गरिरहेको उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको हो।

महानगरपालिकाले सम्पुर्ण विधालयहरुलाई परिपत्र गर्दै अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विधार्थी र उनिहरुका अभिभावकलाई तनाव भएको उल्लेख गरेको छ।

पत्रमा अनलाइन कक्षा बन्द गराउनुपर्ने कारण उल्लेख गर्दै भनिएको छ, ‘ अनलाइन कक्षा सन्चालन गर्दा सम्पुर्ण विधार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सन्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेकाले’

कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनका कारण देशभरका ठुला विधालयहरुले विधार्थीलाई व्यस्त बनाउन अनलाइन कक्षाहरु सन्चालन गरिरहेका छन्।