प्रचण्ड-नेपाललाई पनि प्रधानमन्त्री ओलीले बैठकमा बोलाए - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रचण्ड-नेपाललाई पनि प्रधानमन्त्री ओलीले बैठकमा बोलाए



काठमाडौ- विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहले संसदीय दलको बैठक बोलाएको छ। बैठकको लागि प्रचण्ड-नेपाल समेतलाई निम्तो दिइएको छ ।

शनिबार दिउँसो सिंहदबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव पक्षलाई समेत बोलाइएको छ।

ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत गरि सग्लो नेकपाका सबै सांसदलाई बैठकमा बोलाइएको बताए।

संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद छन्।

पार्टी अझै नफुटेको भन्दै सबैलाई बैठकमा आमन्त्रित गरिएको भट्टराईले जानकारी दिए।

ओली पक्षले पार्टी नफुटेको बताइरहे पनि प्रचण्ड–माधव पक्षले भने संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई कारबाही गरेको घोषणा गरेको छ।

आजै प्रचण्ड–माधव पक्षले उनीहरुलाई कारबाही गरिएको पत्र संघीय संसद सचिवालयमा बुझाएको छ।