माधव नेपाल पक्षले गरायो ओलीलाई नेतृत्व परिवर्तन गरेको जानकारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

माधव नेपाल पक्षले गरायो ओलीलाई नेतृत्व परिवर्तन गरेको जानकारी



काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ ।

चैत्र ७ मा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई गराएको हो । महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी गराएका हुन् ।

युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ । पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरेको छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको थियो ।