मेरियटमा पनि ओलीको पुरानै शैली: वार्ता कर्मकाण्ड मात्रै - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

मेरियटमा पनि ओलीको पुरानै शैली: वार्ता कर्मकाण्ड मात्रै



काठमाडौँ- पार्टी विभाजनको दिलमा पुगेपछि दुवै तर्फका दोस्रो तहका नेताहरूको तिब्र दवाव बढेपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औपचारिकताको लागि वार्ता गरेको बुझिएको छ । वार्तामा बस्ने छलफल पनि गर्ने र आफ्नो अडानबाट टसमस नगर्ने पुरानै शैली ओलीमा देखिएको छ ।

फूटको चरमोत्कर्षमा पुगेपछि पार्टी बचाउन असन्तुष्ट नेताहरुसँगको संवाद गरेजस्तो देखाउन ओलीले पनि नेता नेपालसँग संवादको औपचारिकता पुरा गरेका छन् । तर नेता नेपालले आफ्ना निकट नेताहरूसँग गरेको ब्रिफिङ अनुसार नेपालका कुनैपनि प्रस्ताव ओलीले स्वीकार गरेनन।

काठमाडौंको मेरियट होटलमा बुधबार साँझ दुई घण्टा लामो छलफलमा धेरैजस्तो ओली आफै बोलेका थिए । प्रधानमन्त्री ओलीले तत्कालिन नेकपाका प्रशंग निकालेर आफूमाथि प्रचण्ड-नेपालले गरेको अत्याचारबारे गुनासो गरेका थिए। दुई घण्टा लामो वार्तामा ओलीले आफ्नो तर्फबाट लामो गुनासो सुनाए, त्यसपछि जेठ दुई मै फर्किने नेपालले प्रस्ताव गरे, तर ओलीले त्यो सम्भव नभएको जवाफ दिए ।

स्रोतका अनुसार लामो छलफलमा नेता नेपालले आफ्ना नेताहरूलाई छानीछानी कारबाई गरेर के साबित गर्ने खोजेको भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले यसको जवाफ भने फ़र्काएनन् । संकटमा परेपछि छलफलमा बोलाएको भन्दै नेपालले वार्तामा कुरा निकालेपछि ओलीले भोली पनि बसेर छलफल गरौँ भनेका थिए ।

माधव नेपालले निकट नेताहरूलाई गरेको ब्रिफिङ अनुसार ओली सबैतिरबाट संकटमा परेपछि आफूविरोधीहरूसंग संवाद सुरु गरेको बताएका थिए । त्यतिमात्र होइन ओलीले अल्मल्याउने खेल खेलेको भन्दै यसमा नफस्न नेताहरूलाई नेपालले आग्रह गरेका थिए ।

स्पष्टीकरणको जवाफ दिने म्याद सकिनु भन्दा अघिल्लो दिन ओलीले नेपालसँग वार्ता गरेका गरेका हुन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा नेपाल पक्षका सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने डरमा ओलीले नेपाल पक्षका संघ र प्रदेशका गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

स्पष्टीकरणको जबाफ चित्तबुझेको खण्डमा उनीहरुलाई सांसद पदबाटसमेत निष्काशन गर्ने तयारी ओलीको रहेको बुझिन्छ।