फेरि लकडाउन गर्नसक्ने प्रधानमन्त्री ओलीको संकेत - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फेरि लकडाउन गर्नसक्ने प्रधानमन्त्री ओलीको संकेत



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए ।

पहिले लकडाउन गरेको तर्फ इंगित गर्दै उनले ख्याल नगरेको खण्डमा फेरि त्यहि अवस्था आउने संकेत गरेका थिए । उनले भने, “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ।”

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको बताए । नेपालमा अन्य देशमा जस्तो कोरोनाले क्षती नगरेको भन्दै उनले सचेत भने बन्नुपर्ने बताए ।

कार्यक्रममा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए । ओलीले आफू सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सूत्रमा रहेको दाबी गरे ।