बुधबार हुनेभो प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ ।
प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने तय गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पहिलोपटक २०६३ सालमा भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।
यसअघि उनको मिर्गौला प्रत्यारोपण विदेशमा गर्ने सल्लाह भइरहे पनि त्रिवि टिचिङ अस्पतालमै प्रत्यारोपण गरिने स्रोतले जानकारी दिएको छ।