ओलीका निर्णय पार्टीले मान्दैन, यो अबैधानिक हो: माधव नेपाल समूह - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओलीका निर्णय पार्टीले मान्दैन, यो अबैधानिक हो: माधव नेपाल समूह



काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीबाट एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अमान्य हुने र पार्टीले त्यसलाई नचिन्ने बताएको छ।

माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठकले शुक्रबार साँझ केपी ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको हो।

नेता रघुजी पन्तले भने, ‘पार्टीको विधान विपरित र एकतर्फी रुपमा गरिएको निर्णयको हामी विरोध गर्छौँ। यो फेरबदल हामीलाई स्वीकार्य छैन।’

शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर खोलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गरेका छन् भने नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोसेका छन्।

स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन्।

ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेका छन् भने माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गराएका छन्।