प्रधानमन्त्री ओलीलाई सुरक्षा खतरा कि नैतिक खतरा ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्री ओलीलाई सुरक्षा खतरा कि नैतिक खतरा ?



काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताए ।

प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।

‘गम्भीर सुरक्षा खतरा रहेको र आफूमाथि कुनैपनि बेला आक्रमण हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरैजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो, यसबारे स्पष्टिकरण आउनुपर्छ।’

उनले भने,’प्रधानमन्त्री संसद्मा नआउनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो कि उहाँले नैतिक खतराको महसुस गरिरहनुभएको हो ?’