ओलीले गरे राष्ट्रपतिबारे विवादास्पद टिप्पणी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

ओलीले गरे राष्ट्रपतिबारे विवादास्पद टिप्पणी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबारे विवादास्पद प्रतिक्रिया दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजासँग तुलना गरेका छन् ।

ओलीले राष्ट्रपति भण्डारीलाई राजासँग तुलना गर्दै उच्च आदरार्थी शब्दको प्रयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिको अगाडी निहुरिनुपर्ने, सिधा भाषा प्रयोग गर्न नहुने र उच्च आदरार्थी शब्दको मात्र प्रयोग गर्नुपर्ने आसयको अभिव्यक्ति दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार विहान प्रयोग गरेको भाषाप्रति कटाक्ष गर्दै उनले राजा भएको भए के गर्थे भन्दै प्रश्न समेत गरेका छन् ।

मैले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कंग्रेसमा रहेन। सभापतिको तहबाट राष्ट्रपतिलाई बोलिएको भाषा तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ।’ उनले थपे, ​त्यस ठाउँमा एउटा राजा नामको कोही हुन्थ्यो भने निहुरिएर, गुँडुल्किएर, हात मुसारेर के-के भाषा बोल्थे ? आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नुहुँदैन भन्ने ठान्छन्।’

देउवाले जारी गरेको औपचारिक वक्तव्यमा प्रयोग भएको भाषाप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।