प्रधानमन्त्री र डा. शेखरबिच गोप्य भेट, राजिनामा दिन सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच गोप्य भेट भएको छ ।
बिहिबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा पुगेका शेखर कोइत्राला निकै समय बसेर निस्किएका थिए ।
भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टी र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
भेटको सुरुवातमै प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।
कोइराला निकट स्रोतका अनुसार पछिल्लो घतानाकमले प्रधानमन्त्री ओली निकै चिन्तामा देखिएको बताइएको छ ।
पछिल्ला केहि घटनाले सरकार र राजनीतिप्रति जनतामा निराशा पलाएको कोइरालाले ओलीलाई बताएका थिए ।
कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने बताएका थिए ।
स्रोतका अनुसार उनीहरूबिचको भेटले नेपाली कांग्रेस भित्र भने तरङ्ग उत्पन्न बएको छ ।