अपहरणमा संलग्न रहेकाले ओली प्रधानमन्त्री रहिरहन मिल्दैन: वरिष्ठ अधिवक्ता - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अपहरणमा संलग्न रहेकाले ओली प्रधानमन्त्री रहिरहन मिल्दैन: वरिष्ठ अधिवक्ता



दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता

अप​ह​र​ण​ एउटा ग​म्भीर प्र​कृतिको अप​राध हो । मुलुकी अपराध​ सं​हिताको द​फा २११ (२) (क) ले य​स​को प​रिभाषा दिएको छ । ज​स अनुसार​ ‘कुनै ब्य​क्तिलाई ब​ल प्र​योग गरी वा सो प्र​योग ग​र्ने धम्की दिएर​, छ​ल​कप​ट​ गरी वा ड​र​ त्रास​मा पारी, जोर जुलुम​मा पारी हातह​तियार​ देखाइ वा न​देखाइ वा झुक्यानमा पारी..कुनै किसिम​ले निय​न्त्र​ण​ ग​री निज​लाई कुनै ठाउँमा ल​गेमा वा जान बाध्य​ ग​राएमा’ भ​नी परिभाषा ग​रेको छ​ ।

यो प​रिभाषा अनुसार​ सांस​द​ सुरेन्द्र​ याद​व​लाई निज​को वासस्थानबाट​ काठ​माडौं ल्याइएको कुरा स्प​स्ट रुप​मा अप​हर​ण​को प​रिभाषा भित्र​ प​र्दछ । त​स​र्थ​ य​स​ कार्य​मा संल​ग्न​ स​बैलाई त​त्काल कानुन​को दाय​रामा ल्याउनु ज​रुरी छ । यस्तो गम्भीर अप​राध​मा कसैले कुनै उन्मुक्ति पाउनु हुँदैन​ । यस्तो किसिम​को कार्य​मा राज्य​ स​न्य​न्त्र​ सं​ल​ग्न​ हुनु चिन्ताको बिष​य​ हो ।

सांस​द​ याद​व​ले आफूमाथि भएको स​मग्र​ घ​टनाको ब​र्ण​न​ गरेका छ​न् ।​ ज​स​मा उन​ले बीच​ बाटोबाट प्रधानम​न्त्रीसंग टेलिफोनमार्फ​त​ कुरा ग​राइएको त​थ्यस​मेत प्र​कट ग​रेका छन्। य​स त​थ्य​बाट​ य​स​ आपराधिक कार्य​मा प्र​धान​मन्त्री कार्याल​य मात्र​ न​भ​एर​ प्र​धान​मन्त्री केपी शर्मा ओली स्व​यमको प​नि प्रत्यक्ष संलग्न​ता देखिन्छ​ ।

य​स्तो अनैतिक एवं आप​राधिक कार्य​मा प्र​धान​मन्त्री स्वयमको स​म्ल​ग्न​ता हुनु लोकत​न्त्र​को लागि गम्भीर ख​त​रा हो ।

संविधान त​था लोकतन्त्र​माथि घात ग​र्ने, राज​नीतिक दल​को तोडफोड ज​स्तो बेइमानीपूर्ण​ कार्य​मा स​क्रिय​ सहभागी हुनुका साथै सांस​द समेत​को अप​ह​रण ज​स्तो आपराधिक कार्य​मा स​ह​भागी हुने ब्य​क्ति मुलुकको प्रधानमन्त्रीको प​द​मा काय​म र​ह​नु संविधान, लोकतन्त्र​ एवं रास्ट्रिय​ हित​का लागि गम्भीर ख​त​रा हो । य​स्तो स्थितिमा उहाँ प​द​मा र​हिर​ह​नु कुनै पनि अव​स्थामा उचित भन्न मिल्दैन​ ।
(वरिष्ठ अधिवक्ता त्रिपाठीको यो व्यक्तिगत विचार)