अध्यादेश फिर्ता लगत्तै ओली, प्रचण्ड र देउवा बालुवाटारमा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

अध्यादेश फिर्ता लगत्तै ओली, प्रचण्ड र देउवा बालुवाटारमा



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालुवाटारमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

चार दिन अघि प्रधानमन्त्री ओलीकै जोडबलमा ल्याइएको अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उनले नेताहरूसंगको भेटलाई तिब्र बनेका हुन् ।

कांग्रेस लगायतका विपक्षी दलहहरुले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए ।

ओली र देउवाबीच सुरु भएको छलफलमा बिचमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेताहरुबीच अध्यादेश तथा कोभिड १९ रोकथामका विषयमा सरकारले चालेका कदमबारे छलफल भएको उनले बताए ।