भारतीय हस्तक्षेपविरुद्ध ओली-प्रचण्डको संयुक्त वक्तव्य (विज्ञप्ति सहित)
काठमाडौं- बिबादित लिपुलेकबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
भारतले नेपाली भूमीमा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।
सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ ।
सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ ।
नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।
दुईदेशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएको छ ।