प्रचण्ड-नेपालको बैठकमा ओली पक्षका सांसद पनि - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

प्रचण्ड-नेपालको बैठकमा ओली पक्षका सांसद पनि



काठमाडौं- संसद बैठक नजिकिएपछि रणनिती तय गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

संसद पुनर्स्थापना भइसकेपछि आइतवार बस्ने संसद बैठकका लागि एजेण्डा तथा आगामी रणनीति बनाउन दुबै दलको बैठक बसेको हो।

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बसिरहेको छ भने नेकपा दाहाल-नेपालको सिंहदरबारमा चलिरहेको छ।

दाहाल-नेपाल समूहको बैठकमा केपी ओली समूहमा खुलेकी सांसद माया ज्ञवाली सहभागी भएकी छन्। ज्ञवालीले यसअघि दाहाल-नेपाल समूहले आफ्नो हस्ताक्षर दुरूपयोग भएको बताएकी थिइन्।

कांग्रेसले आजै निर्णय गरे दाहाल-नेपाल समूहले संयुक्त अविश्‍वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी छ।