ओली-नेपाल गोप्य भेट: एमसीसी पास गर्ने र ओलीलाई समर्थन गर्नेबारे छलफल
काठमाडौं – सरकार र पार्टीमा एकलौटी गरेको भन्दै धेरै नेताले साथ् छाडेपछि एक्लो भएको महसुस गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गोप्य भेटघाट गर्न थालेका छन् ।
यसै क्रममा पूर्वप्रधानमन्त्री तथा वरिष्ट नेता माधवकुमार नेपाललाई बोलाएर गोप्य भेटघाट गरेको रहस्य खुलेको छ ।
पछिल्लो समय केन्द्रीय कमिटीबाट पनि अल्पमतमा देखिएका ओली एमसीसीको बिषयमा पनि चिप्लिने देखेपछि केहि सक्रियता देखाएका छन् ।
पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेको खुलेको छ ।
भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रदान गर्दै अघि बढ्ने बिषयमा उनिहरुबीच छलफल भएको स्रोतले बताएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।
गत भदौ ५ गते पार्टीको सचिवालय बैठकमा चर्काचर्की भएपछि खासै सामिप्यता नदेखिएको ओली-नेपालको सम्बन्धलाई गोप्य भेटवार्ता भएपछि केही सुधारिएको अड्कलबाजी समेत गरिएको छ ।
सम्बन्ध सुधारको प्रयत्नस्वरुप ओलीले यसअघि नेता नेपाललाई कात्तिक २३ मा लन्च मिटिङ समेत गरिसकेका छन् ।
गोप्य भेटमा ओलीले नेता नेपाललाई आफूलाई सहयोग गर्न र एमसी पास गर्न समर्थन जनाउन आग्रह गरेको खुलेको छ ।