प्रधानमन्त्री ओलीले दुई ब्लन्डर गरेको एसडी मुनीको आरोप - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

प्रधानमन्त्री ओलीले दुई ब्लन्डर गरेको एसडी मुनीको आरोप



काठमाडौं- भारतीय बुद्धिजीवी तथा जवाहारलाल नेहरु विश्वविद्यालयका पूर्व प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री केपी ओलीले ब्लन्डर गरेको बताएका छन् ।

पछिल्लो समय भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक बनाएपछि बिबाद चर्किएकै बेला प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै उनले ओलीले गल्ति गरेको बताएका हुन्।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले आफ्नो नक्सा सार्वजनिक गरेसँगै भारतीय पक्षले प्रतिक्रिया जनाइरहेको छ । सोही क्रममा नेपाल मामलाका जानकारसमेत मानिने प्रोफेसर मुनीले नेपालको नक्सा सार्वजनिक र प्रधानमन्त्री ओलीले कोरोनाभाइरसलाई इन्डियन भाइरस भनेको विषयलाई लिएर विरोध जनाएका हुन् ।

सामाजिक संजाल ट्वीटर मार्फत मुनीले भनेका छन् “ओलीले भारतको राष्ट्रिय प्रतिकको मजाक र भाइरसको विषयमा लान्छना लगाएर ब्लन्डर गरेका छन् । भाइरस चाइनिज हो।” उनले ट्विटमा उल्लेख गरेका छन् “आशा छ, उनले अब चिनको भनाइबाट पनि राजनीतिक उद्देश्यको लागि उचित सर्वेक्षण बिना नयाँ नक्शा जारी गर्ने जस्ता एकपक्षीय कार्यहरू गर्नबाट जोगिनु पर्छ भन्ने पाठ सिकेको हुनुपर्छ ।”

भारतको राष्ट्रिय प्रतिक अशोक स्तम्भ र कोरोनालाई भारतीय भाइरस भनेर संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ओलीले बोलेका दुई कुरामा मुनीले ब्लन्डर गरेको प्रतिक्रिया दिएका हुन् ।