प्रधानमन्त्री ओली अब कुनैपनि पदमा बस्न मिल्दैन: भिम रावल - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रधानमन्त्री ओली अब कुनैपनि पदमा बस्न मिल्दैन: भिम रावल



काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले पार्टीको भविष्यप्रति जिम्मेवारी नलिने प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाड्नुपर्ने बताएका छन् ।

रावलले नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै आवश्यक परे केपी ओलीले पद छाड्नुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीलाई फाउन्डेसनको नाममा संचालन गरेर गुट भेला गरी पार्टी विभाजन गर्न खोज्ने अनिष्ट काम गरेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्रीले कसैलाई नसोधी पार्टी फुटाउने अध्यादेश ल्याएको गल्ती सानो तिनो त्रुटि नभएको भन्दै गम्भीर भएकाले निकास दिनुपर्ने उनको माग छ ।

त्यसका लागि छिट्टै स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउनुपर्ने रावलको माग छ । प्रधानमन्त्री ओलीले कुन कुन कुराबाट राजिनमा दिने हो तय उनले नै गर्नुपर्ने रावलको भनाई छ ।

रावलले हिजो प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा गुटगत भेला वोलाएर छलफल चलाएपछि अध्यादेश ल्याउनुको मनासय स्पष्ट भएको समेत बताएका छन् ।

रावलले अहिले प्रधानमन्त्रीले पार्टी एकताको लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै वरिष्ठ नेता माधव नेपाल मजधारमा नरहेको पनि बताएका छन् । पछिल्लो समय नेकपाभित्र विवाद चर्किँदै गएको छ ।